अन्तर्राष्ट्रिय

लेबनानमा मृत्यु हुनेको सङ्ख्या ६ सय पुग्यो, हिजबुल्लाहका १७ कमान्डर पनि मारिए

लेबनानमाथि इजरायलले गरेको आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या ६ सय पुगेको छ। आक्रमणमा १ हजार ६ सयजना घाइते भएका छन्।

विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार इजरायलको आक्रमणमा हिजबुल्लाहका १५ जना शीर्ष कमान्डर पनि मारिएका छन्। जसमा हिजबुल्लाहका शीर्ष कमान्डर अली कराकी र इब्राहिम आकिल पनि रहेका छन्। तर, हिजबुल्लाहले भने इजरायलको उक्त दावीलाई अस्विकार गरेको छ।

इजरायलका अनुसार हिजबुल्लाहका १६ जना शीर्ष कमान्डर आक्रमणमा मारिएको दावी गरेको छ। ती सबै बेरुतमा एक मिटिङ्गका लागि भेला भएका थिए। मारिनेमा इब्राहिम अकिल, फुहद शुक्र, विसम अल ताविल, अबु हसन समीर, तालेब समी अबदुल्लाह, मोहम्मद नासेर र इब्राहिम कोबीस िरहेका छन्। कोबीसी हिजबुल्लाहको मिसाइल युनिटका इन्चार्ज थिए।

सोमवार इजरायलले लेबनानको विभिन्न सहरमा रहेको हिजबुल्लाहको हतियार डिपोलाई लक्षित गर्दै १६ सय रकेट आक्रमण गरेको थियो।

इजरायलले आक्रमण सुरु गरेपछि लेबनानको दक्षिणी क्षेत्रमा रहेका नागरिहरू घर छोडेर जान थालेका छन्।

प्रकाशित: ९ आश्विन २०८१ १२:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App