अन्तर्राष्ट्रिय

श्रीलङ्काका राष्ट्रपति अनुराद्वारा संसद भङ्ग

श्रीलङ्काका नवनिर्वाचित राष्ट्रपति अनुरा कुमारा दिसानायकेले संसद भङ्ग गरेका छन्। उनले आगामी नोभेम्बरमा संसदीय चुनाव हुने भन्दै संसद भङ्ग गरेका हुन्।

यसअघि दिसानायकेले हरिनी अमरासूर्यालाई देशको नयाँ प्रधानमन्त्री नियुक्त गरेका छन्। श्रीलङ्काको इतिहासमा तेस्रो पटक महिला प्रधानमन्त्रीले कार्यभार सम्हाल्ने छिन्।

राष्ट्रपति निर्वाचन जितेपछि दिसानायकेले चाँडै संसदीय निर्वाचनका लागि संसद भङ्ग  गर्ने बताएका थिए। २२५ सिट रहेको श्रीलङ्काको संसदमा अहिले उनको गठबन्धनको जम्मा ३ सिट छ।

प्रकाशित: ९ आश्विन २०८१ ११:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App