अन्तर्राष्ट्रिय

श्रीलङ्का राष्ट्रपति चुनावमा वामपन्थी गठबन्धन जित नजिक, अनुरा राष्ट्रपति बन्ने तय

श्रीलङ्काको राष्ट्रपति चुनावमा वामपन्थी विचारधाराको पार्टी जित नजिक पुगेको छ। श्रीलङ्कन चुनाव आयोगका अनुसार हालसम्म १० लाख मतगणना सकिँदा माक्र्सवादी विचारधाराका अनुरा कुमारा दिसानायके अग्र स्थानमा रहेका छन्। उनले कुल ५३ प्रतिशत मत हात पारेका छन्।

दिसानायकेले नेशनल पिपुल्स पावर गठबन्धनको उम्मेदवार भएर चुनाव लडेका थिए। उनलाई विमुक्ति पेरेमुनाको पनि सहमर्थन रहेको छ।

यस्तै साजिथ प्रेमदासाको पार्टी समागी जन बालवेगया २० प्रतिशत मतका साथ दोस्रो स्थानमा छ भने रनिल विक्रमासिङ्घे १८ प्रतिशत मतका साथ तेस्रो स्थानमा रहेका छन्। त्यसैगरी पूर्व राष्ट्रपति गोटबाया राजपक्षेका छोरा नमल राजपक्षेलाई जम्मा १ प्रतिशत मत प्राप्त भएको छ।

शनिवार सम्पन्न राष्ट्रपति निर्वाचनको मतगणना भइरहँदा श्रीलङ्कामा भने कर्फ्यू जारी गरिएको छ।

गोटबाया राजपक्षे सरकारको पतन पछि श्रीलङ्कामा पहिलोपटक राष्ट्रपति पदका लागि निर्वाचन भएको हो।

प्रकाशित: ६ आश्विन २०८१ ०९:०३ आइतबार

#srilanka #Anara Kumara Disanayake