अन्तर्राष्ट्रिय

बेरूतमा पेजर विस्फोट हुँदा २० जनाको मृत्यु, ४ सय ५० जना घाइते

लेबनानको राजधानी बेरूतमा कुराकानीका लागि प्रयोग हुने पेजर विस्फोट हुँदा २० जनाको मृत्यु भएको छ।

इरान समर्थित समूह हिजबुल्लाहका लडाकुले प्रयोग गर्ने पेजर र वाकीटकी विस्फोट हुँदा ४ सय ५० जना घाइते भएका छन्।

समाचार संस्था रोयटर्सले दक्षिणी बेरुतमा चारजनाको अन्त्येष्ठिका लागि निकालिएको शवयात्राको क्रममा उक्त विस्फोट भएको स्थानीय सञ्चार माध्यमहरूलाई उद्धृत गर्दै जनाएको छ।

यसअघि मङ्गलवार पनि कुराकानीका लागि प्रयोग हुने वाकीटकी विस्फोट हुँदा लेबनानमा १२ जनाको मृत्यु भएको थियो भने २ हजार ८ सयजना घाइते भएका थिए।

हिजबुल्लाहले भने विस्फोटका लागि इजरायललाई जिम्मेवार भनेको छ भने इजरायलले हालसम्म कुनै प्रतिक्रिया दिएको छैन।

प्रकाशित: ३ आश्विन २०८१ ०७:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App