अन्तर्राष्ट्रिय

७४ लागे भारतीय प्रधानमन्त्री मोदी

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको आज जन्मदिन, उनी आजदेखि ७४ वर्षमा प्रवेश गरेका छन्।

सन् १९५० सेप्टेम्बर १५ का दिन भारतको गुजरात राज्यमा भएको थियो। आफ्नो जन्मदिनको अवसरमा भारतीय प्रधानमन्त्री मोदीले देशका जनताका लागि ठूलो उपहार दिने तयारीमा छन्।

उनले आज सुभद्रा योजनाको शुभारम्भ गर्नेछन्। यो ओडिशा सरकारको विशेष योजना हो। जसमा महिलाका लागि वर्षको दुईपटक उनको खातामा ५ हजारका दरले १० हजार जम्मा गरिनेछ। यसबाट ओडिशाका २१ देखि ६० वर्ष उमेर समूहका महिलाहरू लाभान्वित हुन पाउनेछन्।

सन् २०१४ मा पहिलोपटक भारतको प्रधानमन्त्री बनेका मोदीको यो लगातार तेस्रो कार्यकाल हो। भारतसहित विश्वभर उनको लोकप्रियता निकै बढी छ।

प्रधानमन्त्री मोदीलाई भारतको केन्द्रीय गृह मन्त्री अमित शाह, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ लगायतले जन्मदिनको अवसरमा शुभकामना दिएका छन्।

प्रकाशित: १ आश्विन २०८१ १०:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App