अन्तर्राष्ट्रिय

टेस्ला ट्रकमा आगलागी हुँदा तापक्रम पुग्यो एक हजार फरेनहाइट!

एलन मस्कको विद्युतीय ट्रक टेस्लामा भएको आगलागी नियन्त्रणमा लिन २ लाख लिटरको पानी प्रयोग भएको छ।

अमेरिकाको क्यालिफोर्नियामा गत महिना गुडिरहेको टेस्लाको ट्रकमा अचानक आगलागी भएको थियो। जसका लागि २ लाख लिटर पानीको प्रयोग गर्नुपरेको बताइएको छ।

युएस टुडेका अनुसार टेस्लाका एक कर्मचारीले चलाईरहेका टेस्ला सेमी अर्थात् ब्याट्रिबाट चल्ने ट्रक दुर्घटनामा परेको थियो। गुडिरहेको उक्त ट्रक सडकबाट उच्छिटिएर ट्राफिक डिलिनेटरमा ठोक्किए पछि ब्याटिमा आगलागी भएको थियो। ट्रक चालकले भने आफ्नो ज्यान जोगाएका थिए।

अमेरिकाको नेशनल ट्रान्सपोर्ट सेफ्टी बोर्डका अुनसार दुर्घटना पछि ब्याट्रिको तापक्रम १००० डिग्री फरेनहाइट पुगेको थियो। आगलागी पछि लिथियम ब्याट्रिको आगो निभाउन क्यालिफोर्नियाको अग्नि नियन्त्रक टोलीले फायर रिटार्डेन्टको पनि प्रयोग गरेको थियो।

एक सामान्य १ किलोग्रामको लिथियम आयन ब्याट्रिमा १५० वाट–घन्टा इलेक्ट्रिसिटी जम्मा गर्न सक्छ भने एनआईएमएच ब्याट्रि प्याक (१०० वाट–घन्टा प्रति किलोग्राम) या लेड एसिड ब्याट्रि (२५ वाट–घन्टा प्रति किलोग्राम) को स्टोरेज क्षमता हुन्छ।

एलन मस्कले सन् २०१७ मा पहिलोपटक विश्वमा विद्युतीय ट्रकबारे आफ्नो अवधारणा  सार्वजनिक गरेका थिए भने २०२२ मा त्यसलाई प्रयोगका लागि बजारमा ल्याइएको थियो।

प्रकाशित: १ आश्विन २०८१ ०८:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App