अन्तर्राष्ट्रिय

पपुवा न्यु गिनीमा आदिवासीबीचको लडाइँमा २० जनाको मृत्यु

पपुवा न्यु गिनीमा सुनखानी नजिकै आदिवासीबीच भइको लडाइँमा २० जनाको मृत्यु भएको छ।

स्थानीय पत्रिका पोस्ट–कुरियरका अनुसार मुलुकको सबैभन्दा ठूलो सुन भण्डारमध्येको एक एन्गा प्रान्तको पोर्गेरा उपत्यकामा अवैध दुई खानी समूह एकआपसमा लड्दा गत साता दुई जनाको मृत्यु भएको थियो।

प्रत्येक दिन मृतकको सङ्ख्या लगातार बढ्दै गएको छ। पोर्गेरामा पाँच हजारभन्दा बढी मानिसको सामूहिक पलायन भएको बताइएको छ।

प्रहरी आयुक्त डेभिड म्यानिङले पोर्गेराका पूर्वाधार र बासिन्दाहरूको सुरक्षाका लागि आपत्कालीन आदेशहरू घोषणा गरिएको बताए।

पोर्गेरा खानीलगायत महत्त्वपूर्ण पूर्वाधारको सुरक्षा गर्न प्रहरीले लडाकूहरूलाई हटाउन बलको वैध प्रयोग बढाइने उनले जानकारी दिए।

एन्गाका गभर्नर पिटर इपाटासले आइतबार सरकारलाई पोर्गेरा उपत्यकामा आदिवासी हिंसाको वृद्धिका कारण आपत्कालको अवस्था लागू गर्न आह्वान गरेका छन्। रासस

प्रकाशित: १ आश्विन २०८१ ०७:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App