अन्तर्राष्ट्रिय

इजरायली सेनाद्वारा वेस्ट बैंकमा ६ प्यालेस्टाइनीको हत्या

इजरायली सेनाले बिहीवार वेस्ट बैंकको टुबास शहरमा ६ जना प्यालेस्टाइनीको हत्या गरेको प्यालेस्टिनी चिकित्सा र सुरक्षा स्रोतहरूले बताएका छन्।

प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयले उत्तरपश्चिमी वेस्ट बैंकमा रहेको तुबासमा गाडीलाई लक्षित गरी इजरायली हवाई आक्रमणमा पाँच प्यालेस्टाइनीको मृत्यु भएको जनाएको छ।

तुबासको दक्षिणी फरा शिविरमा छैटौं व्यक्तिलाई इजरायली सेनाले गोली हानेर मारेको थियो। टुबासका गभर्नर अहमद अल–असादले इजरायली आक्रमणले फारा शिविरमा पूर्वाधार र सेवाहरूमा व्यापक क्षति भएको बताए।

प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले अगस्ट २८ यता वेस्ट बैंकमा इजरायली सैन्य कारबाहीका कारण ३९ प्यालेस्टिनीको मृत्यु भएको र १४५ जना घाइते भएको बताएको छ।

मन्त्रालयले अक्टोबर २०२३ मा गाजा द्वन्द सुरु भएदेखि वेस्ट बैंकमा ६९१ प्यालेस्टाइनी मारिएको जनाएको छ।  

प्रकाशित: २१ भाद्र २०८१ १०:०४ शुक्रबार