अन्तर्राष्ट्रिय

खतरामा ट्रूडोको सरकार

क्यानडामा प्रधानमन्त्री जस्टिन ट्रूडोको सरकार खतरामा परेको छ। क्यानडाको लेफ्ट विङ्ग न्यू डेमोक्रेटिक पार्टी (एनडीपी) ले ट्रूडो सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उनको सरकार खतरामा परेको हो।

बीबीसीका अनुसार एनडीपीले पछिल्लो साढे २ वर्षदेखि ट्रूडो नेतृत्त्वको सरकारलाई समर्थन दिएको थियो। जसका कारण ट्रूडो सत्तमा टिकिरहेका थिए।

एनडीपीका नेता जगमीत सिंहले बुधवार एक भिडियो सार्वजनिक गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताए। उनले ट्रूडो सरकार कमजोर र स्वार्थी बन्न थालेपछि समर्थन फिर्ता लिने निर्णय गरिएको पनि बताए।

क्यानडामा अक्टुबर २०२५ मा निर्वाचन हुनु छ। तर, एनडीपीले समर्थन फिर्ता लिएपछि अब चाँडै निर्वाचन हुन सक्ने अनुमान गरिएको छ।

जगमीत सिंहले संसदमा प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने र प्रधानमन्त्रीले विश्वासको मत हासिल गर्न नसके निर्वाचन हुने बताए।

प्रकाशित: २० भाद्र २०८१ १२:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App