अफ्रिकी मुलुक कंगोको एक कारागारमा भागदौड मच्चिदा १२९ जनाको मृत्यु भएको छ ।
७ वर्षअघि ४ हजार कैदीबन्दीलाई राख्न सकिने गरी निर्माण भएको देशकै सबैभन्दा ठुलो कारागारमा चेतावनीस्वरुप गोली चलाउँदा भएको भागदौडमा उक्त हताहती भएको हो । बीबीसीका अनुसार, किन्शासाको मकाला जेलबाट भाग्न खोज्ने २४ जनाको गोली लागेर मृत्यु भएको थियो । अन्य सबैको भाग्ने क्रममा लडेर, निसास्सिएर मृत्यु भएको हो ।
कंगोका आन्तरिक मन्त्री ज्याकमिन शाबानीले घटनामा ५९ जना घाइते भएको र उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
उक्त कारागारमा करिब १२ हजार कैदीबन्दी रहेको बताइएको छ ।
भागदौडपछिको असहज अवस्थामा कारागारभित्र रहेका महिलाहरूको बलात्कारसमेत भएको भन्दै अधिकारकर्मीहरुले आवाज उठाएका छन् ।
प्रकाशित: १८ भाद्र २०८१ १७:३४ मंगलबार