अन्तर्राष्ट्रिय

ट्रम्पविरुद्धको अभियोग पुनः चलाउने विषयमा अपील दर्ता

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको अभियोग पुनः चलाउने विषयमा अपील दर्ता भएको छ।

बीबीसीका अनुसार अमेरिकाको न्याय विभागका एकजना विशेष वकिल ज्याक स्मिथले २०२० को अमेरिकी राष्ट्रपति निर्वाचनमा हस्तक्षेपको प्रयास गरेको अभियोगमा पूर्व राष्ट्रपति ट्रम्पविरुद्ध फेरि मुद्दा चलाउन अपील दर्ता गरेका हुन्।

उक्त अपीलमा ट्रम्पको पछिल्लो आपराधिक मामिलालाई जस्ताको त्यस्तै राखेर उनको कदाचार अर्थात पदमा रहेर गरेका केही गलत क्रियाकलापलाई लिएर आरोप लगाइएको छ।

यता, ट्रम्पले भने नयाँ अपील राष्ट्रपति निर्वाचनमा आफूप्रति जनतालाई भड्काउने खालको भएको टिप्पणी गरेका छन्।

प्रकाशित: १२ भाद्र २०८१ ०९:३७ बुधबार

#donald trump