अन्तर्राष्ट्रिय

बङ्गलादेशमा बाढीका कारण २० जनाको मृत्यु, ५० लाख नागरिक प्रभावित

बङ्गलादेशमा बाढीका कारण २० जनाको मृत्यु भएको छ।  लगातारको वर्षासँगै आएको बाढीका कारण बङ्गलादेशका झन्डै ५० लाख नागरिक प्रभावित भएका छन्।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार बाढीका कारण औषधि, खानेपानी, खाद्यान्न लगायत अत्यावश्यक सामग्रीको अभाव देखिएको छ।

यसैबीच, बङ्गलादेश सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनूसले प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउने तयारी भइरहेको बताए।

साथै उनले भविष्यमा बाढीबाट हुने जोखिमलाई कम गर्ने विषयमा छिमेकी मुलुकहरूसँग छलफल सुरु भएको बताए।

बाढीका कारण ११ जिल्ला सबैभन्दा बढी प्रभावित भएका छन् भने ४ लाखभन्दा बढी नागिरकले राहत क्याम्पमा शरण लिएको बताइएको छ।

प्रकाशित: १० भाद्र २०८१ ०९:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App