अन्तर्राष्ट्रिय

इरानमा ५.३ म्याग्निच्युडको भूकम्प, २३ जना घाइते

तेहरान– इरानको केरमानशाह प्रान्तमा आइतबार ५.३ म्याग्निच्युडको भूकम्प गएको छ। 

भूकम्पमा परी दर्जनौँ मानिस घाइते भएकोे प्रारम्भिक जानकारी इरानका वरिष्ठ स्वास्थ्य अधिकारीले तस्निम न्यूज एजेन्सीसँग बताएका छन्। ‘भूकम्पमा परी २३ जना घाइते भएका र यो तथ्याङ्क प्रारम्भिक भएकाले घाइतेको सङ्ख्यामा थपवृद्धि हुनसक्ने अनुमान गरिएको छ’, वरिष्ठ चिकित्सक मजियार तहमासेवीले बताए। 

दिउँसो १ बजेर ३५ मिनेटको समयमा गएको भूकम्पको केन्द्रविन्दु सारपोल जहाव शहरमा रहेको इरानले जनाएको छ। भूकम्प ३४.४२१ डिग्री उत्तरी अक्षांश र ४५.८०७ डिग्री पूर्वी देशान्तरमा ८ किलोमिटरको गहिराइमा गएको जनाइएको छ। 

गत नोभेम्बरमा इरानमा ७.३ म्याग्निच्युडको भूकम्प जाँदा ५३० जनाको मृत्यु भएको थियो भने ८ हजार घाइते भएका थिए। 

प्रकाशित: १८ चैत्र २०७४ १३:३७ आइतबार

इरानमा ५.३ म्याग्निच्युडको भूकम्प २३ जना घाइते