अन्तर्राष्ट्रिय

चिनियाँ स्पेस स्टेशन पृथ्वीमा झर्दै, नेपालमा नझर्ने !

बेइजिङ– मानव बस्ती स्थापना गर्ने उद्देश्यले चीनले सन् २०११ मा अन्तरिक्षमा पठाएको तियांयोंग-१ नामक स्पेस स्टेशन २०१६ यता सम्पर्कविहीन भएको र जुनसुकै समय पृथ्वीमा झरना सक्ने बताइँदै आएको थियो।

पछिल्लो केहि समययता यो स्पेस स्टेशन पृथ्वीको नजिकै आएको र अप्रिल २ तारिख सम्ममा पृथ्वीमा झर्ने दाबी गर्दै आएका छन्।

वैज्ञानिकहरुले स्पेस स्टेशन पृथ्वीको कतातिर खस्छ भनेर निश्चित नभएपनि मध्य पश्चिम अमेरिका  र न्युजियाल्याण्डको बीच भूभागमा झर्नसक्ने बताएका छन्।

यो स्टेसन कति बजे पृथ्वीमा झर्छ भनेर यकिन गर्न नसकिएता पनि आइतबार बिहानदेखि सोमबार बिहान सम्ममा झर्ने स्पस्ट पारेका छन्।

यसले कसैलाई वा कुनै निश्चित क्षेत्रमा असर नगर्ने पनि युरोपेली स्पेस एजेन्सीले स्पस्ट पारेको छ। धेरै स्पेस स्टेशन अन्तरिक्षमै जलेर नष्ट हुन्छन्। तर तियांयोंग-१ नामको यो स्टेसनका केही भाग भने पृथ्वीमा झर्नेछ।

द युरोपियन स्पेस एजेन्सीका अनुसार यो क्रमशः पृथ्वीको नजिक आउँदै छ। द अष्ट्रेलियन सेन्टर फर स्पेस इन्जिनियरिङ रिसर्चका उपनिर्देशक डा एलियास अबाउटेनियसले बीबीसीसँग कुरा गर्दै भनेका छन्, ‘जब यो पृथ्वीको १०० किलोमिटर नजिक आउँछ गर्मी चढ्दै जान्छ र धेरैजसो स्पेस स्टेशन जलेर नष्ट हुन्छ।'

विभिन्न अनुसन्धान अनुसार वातावरणमा गुज्रिँदा ८.६ टनको अधिकांश हिस्सा आफै नष्ट भएर जान्छ। इन्धन ट्याङ्की र रकेट इन्जिन पुरै नजल्न पनि सक्छ। बचेका टुक्राहरु चट्याङको शैलीमा खस्ने भन्दै वैज्ञानिकले त्यसबाट मानवीय क्षतिको सम्भावना कम हुने बताएका छन्।

प्रकाशित: १८ चैत्र २०७४ ०९:२८ आइतबार

चिनियाँ स्पेस स्टेशन पृथ्वीमा झर्दै नेपालमा नझर्ने