अन्तर्राष्ट्रिय

मोहम्मद युनुस ढाका पुगे, १५ सदस्यीय सल्लाहकार परिषद्ले राति शपथ लिने तयारी

तस्बिर: मुनिर उज जमान /एएफपी

नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुस बंगलादेशको ढाका पुगेका छन्। बंगलादेशमा बन्न लागेको अन्तरिम सरकारका प्रमुख बन्न उनी फ्रान्सको पेरिसबाट दुबई हुँदै ढाका पुगेका हुन्।

तस्बिर: मुनिर उज जमान /एएफपी

विमानस्थलमा उनलाई बंगलादेशी सेनाका प्रमुख वाकर जमान, आन्दोलनका नेतृत्व गरेका विद्यार्थी, सुरक्षा निकायका प्रमुख, उच्च सरकारी अधिकारीलगायतको बाक्लो उपस्थिति थियो।

तस्बिर: मुनिर उज जमान /एएफपी

युनुसको नेतृत्वमा बिहीबार साँझसम्ममा अन्तरिम सरकार गठन हुने समाचारमा उल्लेख छ। युनुससहित १५ सदस्यीय सल्लाहकार परिषद्ले राति ८ बजे शपथ ग्रहण गर्ने तयारी छ। 

तस्बिर: मुनिर उज जमान /एएफपी

ओलम्पिक कमिटीको निमन्त्रणामा फ्रान्सको पेरिसमा रहेका युनुसले ढाका विमानस्थलमा संक्षिप्त प्रतिक्रिया दिँदै आफू सबैसँग आभारी रहेको बताएका थिए।

स्वतन्त्रता सेनानीको परिवारका आफन्तलाई दिइएको आरक्षणविरुद्ध विद्यार्थीले दुई महिनादेखि गरेको आन्दोलनका कारण प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिँदै देश छाड्नु परेको थियो। सोपछि बंगलादेशमा अन्तरिम सरकार गठन हुन लागेको हो।

प्रकाशित: २४ श्रावण २०८१ १५:१४ बिहीबार