अन्तर्राष्ट्रिय

बाङ्गलादेश प्रहरीले भन्याे: सरकारले हामीलाई विद्यार्थीमाथि गोली चलाउन बाध्य बनायाे

तस्बिर: बीबीसी

बाङ्गलादेश प्रहरी सेवा संघ (बीपीएसए) ले विद्यार्थी प्रदर्शनकारीमाथि गोली चलाउन आफूहरूलाई विवश पारिएको बताएको छ। संघले आफूहरूलाई ‘जनताको अगाडि खलनायक’ बनाएकोमा सरकारका अधिकारीहरूलाई दोष दिएकाे छ।

संघले राज्यकाे कानुन आफूहरूले पालना मात्र गरेको बताउँदै भनेको छ ‘हामीले नचाहँदा पनि गोली चलाउन बाध्य भयौं। राज्यले कानुन बनाउँछ, हामी त केवल तिनको कार्यान्वयन गर्छौं। वरिष्ठ अधिकारी र राजनीतिज्ञहरूको आदेश मान्नुपर्छ, चाहे ती कानुनी होउन् या अवैध।’

प्रधानमन्त्री शेख हसिनाको राजीनामापछि सोमबार ४५० भन्दा बढी प्रहरी चौकीमा आक्रमण भएको थियो। प्रदर्शनका क्रममा केही प्रहरी अधिकारीहरूको मृत्यु पनि भएको थियो।

बाङ्गलादेश प्रहरीले निर्दोष विद्यार्थीहरूमाथि गरेको हिंसाका लागि माफी मागेको छ, र प्रत्येक प्रहरीको सुरक्षा सुनिश्चित नभएसम्म हडतालमा जाने घोषणा गरेको छ।

प्रकाशित: २२ श्रावण २०८१ १७:४४ मंगलबार