अन्तर्राष्ट्रिय

बंगलादेशका विद्यार्थीले भने: सेनाले नेतृत्व गरेको सरकार स्वीकार गर्दैनौँ

तस्बिर: सामाजिक सञ्जाल

बंगलादेशमा सेनाको नेतृत्वमा बन्ने अन्तरिम सरकार अस्वीकार्य हुने आन्दोलनरत विद्यार्थीहरूले बताएका छन्।

बंगलादेशको विद्यार्थी आन्दोलनका संयोजकहरूले फेसबुकमा एउटा भिडिओ सार्वजनिक गर्दै सैन्य शासन अस्वीकार गर्ने घोषणा गरेका हुन्।

विद्यार्थी आन्दोलनका नेता नाहिद इस्लामले भिडिओमा भनेका छन्, 'हामीले सिफारिस गरेकोभन्दा अन्य कुनै सरकार स्वीकार्य हुने छैन।,'

उनले सेनाको साथ भएको वा सेनाले नेतृत्व गरेको कुनै सरकार स्वीकार नगर्ने उनको भनाइ छ। उनले भनेका छन्, 'हामी सेनाको साथ भएको वा सेनाले नेतृत्व गरेको सरकार स्वीकार गर्दैनौँ।'

त्यसो त उनीहरुले नयाँ अन्तरिम सरकारको नेतृत्व नोबेल पुरस्कार विजेता तथा अर्थशास्त्री मोहम्मद युनुसले गर्नुपर्ने उनीहरुले बताएका छन्।

पदत्याग गर्दै प्रधानमन्त्री शेख हसिना बंगलादेशबाट पलायन भएपछि सोमवार सेना प्रमुखले अन्तरिम सरकार गठन हुने घोषणा गरेका थिए।

प्रकाशित: २२ श्रावण २०८१ १३:३० मंगलबार

#Bagaladesh War #Bagaladesh Student