अन्तर्राष्ट्रिय

बङ्गलादेश आन्दोलनः प्रमुख सहरमा कर्फ्यू, सुरक्षाकर्मीको गस्ती बढ्यो

बङ्गलादेशमा जारी विद्यार्थी आन्दोलनमा एकैदिन ९४ जनाको मृत्यु भएपछि प्रमुख सहरहरूमा कर्फ्यू लगाइएको छ। आइतवार प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गर्दै सडकमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप भएपछि आन्दोलनले उग्र रुप लिएपछि विभिन्न सहरमा सेनाले गस्ती बढाएका छन्।

गत महिना सुरु भएको प्रदर्शनमा सोमवारसम्म प्रहरी, सरकारी अधिकारी र चिकित्सकबाट प्राप्त तथ्याङ्क अनुसार हालसम्म कम्तीमा ३०० जनाको मृत्यु भएको छ।

विश्लेषकहरूले आइतवार देशभरका लाखौं प्रदर्शनकारी र सरकारी समर्थकहरूबीच लाठी र चक्कुले एकअर्कासँग आक्रमण गर्न थालेपछि सुरक्षा फौजले गोली चलाएको थियो।

ढाकामा रहेका सैनिक र प्रहरीले आइतबार साँझदेखि लागू भएको कफ्र्यू लागू गर्नका लागि काँडेतार लगाएर प्रधानमन्त्री हसिनाको कार्यालय जाने बाटोहरूमा अवरोध गरेका छन्।

गत महिनादेखि शुरु भएको आन्दोलन प्रधानमन्त्री हसिनाको १५ वर्षे शासनकालको सबैभन्दा खराब अशान्तिमा परिणत भएको छ र ७६ वर्षीय हसिनाले राजिनामा दिनुपर्ने व्यापक मागमा परिणत भएको छ।

यसैबीच, बङ्गलादेशका सेना प्रमुख वाकर–उज–जमानले सोमवार देशबासीका नाममा सम्बोधन गर्न लागेका छन्। रासस

प्रकाशित: २१ श्रावण २०८१ १३:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App