अन्तर्राष्ट्रिय

बङ्गलादेशमा फेरि चर्कियो आन्दोलन, ९३ जनाको मृत्यु

बङ्गलादेशमा फेरि चर्किएको विद्यार्थी आन्दोलनमा ९३ जनाको मृत्यु भएको छ।

आइतवार प्रहरी र सरकार विरोधी प्रदर्शनकारीबीच झडप हुँदा २ सयभन्दा बढी घाइते भएका छन्।

बीबीसीका अनुसार बङ्गलादेशमा छात्र सङ्गठनहरूले सरकारी जागिरमा आरक्षणको विरोध गर्दै फेरि आन्दोलनमा उत्रेका छन्। उनीहरूले प्रधानमन्त्री शेख हसीनाको राजीनामा माग गर्दै आन्दोलनको घोषणा गरेका हुन्।

प्रहरीका अनुसार सिराजगञ्ज जिल्लामा रहेको एक प्रहरी चौकीमा प्रदर्शनकारीले आगजनी गरेका छन्। जसमा १३ जना प्रहरी मारिएको बताइएको छ।

आन्दोलन फेरि चर्केपछि त्यहाँका विभिन्न क्षेत्रमा इन्टरनेट सेवा बन्द गरिएको छ।

प्रकाशित: २१ श्रावण २०८१ ०६:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App