अन्तर्राष्ट्रिय

बङ्गलादेशकी प्रधानमन्त्री हसिनाको राजीनामा माग गर्दै प्रदर्शन

बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गर्दै फेरि प्रदर्शन चर्किएको छ।

शनिवार प्रधानमन्त्रीले वार्ताका लागि गरेको प्रस्ताव अस्विकार गर्दै आन्दोलनरत विद्यार्थीहरूले प्रधानमन्त्री हसिनाको राजीनामा माग गर्दै बङ्गलादेशको राजधानी ढाकाको मुख्य सडकहरू घेराउ गर्दै प्रदर्शन गरेका हुन्।

समन्वयक नाहिद इस्लाम नामक विद्यार्थी सङ्गठनले सरकार र फासीवादी शासनको अन्त्य हुनु पर्ने माग गर्दै विद्यार्थी विद्रोहको घोषणा गरेको छ।

बङ्गलादेशमा सरकारी जागिरमा आरक्षणको व्यवस्था अन्त्यको माग गर्दै भएको आन्दोलनमा २ सयभन्दा बढी विद्यार्थी मारिएका छन् भने अझै पनि आन्दोलन जारी नै रहेको छ।

प्रकाशित: २० श्रावण २०८१ १३:२६ आइतबार

#bangladeshi student #shekh hasina #student protest