अन्तर्राष्ट्रिय

हानियाको हत्याको बदला लिने ईरानी सर्वोच्च नेता खामनेईको घोषणा

हमासका प्रमुख नेता इस्माइल हानियाको इजरायलले हत्या गरेपछि ईरानले त्यसको बदला लिने चेतावनी दिएको छ।

ईरानका नवनिर्वाचित राष्ट्रिपति मसूद पेजेश्कियानको शपथ समारोहमा भाग लिन कतारबाट ईरानको राजधानी तेहरान पुगेका हानियाको इजरायलले आक्रमण गरेर हत्या गरेको हो।

हनियाको हत्या पछि ईरानका सर्वोच्च नेता अयातुल्लाह खामनेईले इजरायलमाथि आक्रमण गर्नका लागि तयार रहन आफ्ना सेनालाई निर्देशन दिएका छन्।

समाचार संस्था न्यूयोर्क टाइम्सका अनुसार सर्वोच्च नेता खामनेईले आफ्नो पाहुनाको हत्या हुनु सह्य नहुने भन्दै त्यसको बदला लिने जिम्मेवारी आफूमाथि रहेको बताएका छन्। उनले आफ्ना घर आएका पाहुनाको हत्या गर्ने इजरायलमाथि आक्रमण गर्न ईरानी सेनालाई आदेश दिएका हुन्।

ईरानले इजरायलमाथि कुन प्रकारको आक्रमण गर्छ भन्ने प्रष्ट भने छैन।

हमाससँगको युद्ध सुरु भए पछि इजरायल र ईरानबीच तनाव उत्पन्न भएको छ। गत अप्रिलमा पनि ईरानले इजरायलको राजधानी तेल अभिवमाथि आक्रमण गरेको थियो। जसको जवाफमा इजरायलले पनि ईरानमाथि आक्रमण गरेको थियो। तर, विश्व दबाब बढेपछि दुबै मुलुक आक्रमणबाट पछि हट्यो। अब हानियाको हत्याको बदला लिने चेतावनी दिएको ईरानले इजरायलमागि कुन समय कस्तो आक्रमण गर्छ त्यसको नतिजा के हुन्छ भनेर विश्व समुदाय चिन्तित बनेको छ।

प्रकाशित: १७ श्रावण २०८१ १०:३४ बिहीबार

#iran #ismail haniya #ayatullah khamney #isreal