अन्तर्राष्ट्रिय

भारत–चीन सम्बन्ध ‘सकारात्मक दिशामा’ : चीन

बेइजिङ -चीनले भारतसँगको विवादलाई उचित रूपमा समाधान गर्न चाहेको चीनका विदेशमन्त्रालयका प्रवक्ता लु काङले बताए।उनले चीन र भारतबीचको द्विपक्षीय सम्बन्धलाई सहीबाटोमा अघि बढाउन चाहेको बताए।

सञ्चारमाध्यमसँगको नियमित कुराकानीका अवसरमा विदेश मन्त्रालयका प्रवक्ता लुलाई पछिल्लो समय दलाई लामाको भ्रमण रद्द गर्ने लगायतका निर्णयद्वारा भारतले चीनसँगको सम्बन्ध सुधार्न चाहेको दखिन्छ नि भनी सोधिएको प्रश्नमा उनले भने, “चीन र भारतबीचको सम्बन्धले सकारात्मक दिशा लिएको र यो दुवै देशको संयुक्त कूटनीतिक प्रयासले सम्भव भएको छ ।”

चीनले भारतीय पक्षसँग यस सन्दर्भमा आपसमा सहमति निर्माण गरेर सहकार्य गर्न तयार छ र यसबाट आपसी रूपमा राजनीतिक विश्वास विस्तार हुनेछ । सम्बन्ध सुधारका लागि दुवैको जीत हुनेगरी एकआपसमा सहमति निर्माण गरी सही दिशामा अघि बढाइने उनको दाबी थियो।रासस

 

प्रकाशित: १६ चैत्र २०७४ ०६:२० शुक्रबार

भारत–चीन सम्बन्ध दिशामा चीन