अन्तर्राष्ट्रिय

केरल पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १ सय नाघ्यो, ९० जना अझै बेपत्ता

भारतको केरल राज्यमा पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १ सय नाघेको छ।

केरलको वायनाडस्थित चूरालमालामा मङ्गलवार बिहान गएको पहिरोमा परी हालसम्म १४३ जनाको मृत्यु भएको छ। अझै ९० जना बेपत्ता रहेका छन्।

बीबीसीका अनुसार हालसम्म ७ सय जनाको उद्धार गरिएको छ भने ८ सयजना अझै पहिरोका कारण फसेको हुन सक्ने अनुमान गरिएको छ।

केरलका मुख्यमन्त्री पिनाराई विजयनले मृत्यु हुनेको सङ्ख्या थप बढ्न सक्ने बताएका छन्।

उनले उद्धार कार्य रातिको समयमा रोकिएको र आज बिहान ७ बजेबाट पुनः सुरु गरिने बताएका छन्।

यस्तै पहिरोमा परी १२८ जना घाइते भएका छन् र उनीहरूको उपचार अस्पतालमा भइरहेको छ।  

प्रकाशित: १६ श्रावण २०८१ ०७:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App