अन्तर्राष्ट्रिय

संसारकै सबैभन्दा शक्तिशाली एआई ल्याउँदै मस्क

एलन मस्कले संसारकै सबैभन्दा शक्तिशाली आर्टिफिशियल इन्टेलिजेन्स (एआई) ल्याउन लागेको बताएका छन्।

मस्कको एआई भेन्चर एक्सएआई रहेको छ। जसको नाम ग्रोक राखिएको छ। यो एआई संसारकै सबैभन्दा शक्तिशाली एआई क्लस्टर रहेको मस्कले स्वयं दावी गरेका छन्।

उनका अनुसार ग्रोकको तालिम अमेरिकाको सबैभन्दा ठूलो सहर मम्फिसमा सुरु भइसकेको छ।

मम्फिसमा एक प्रविधिको जडान गरिएको छ। जसमा १,००,००० एनभिडिया एच १०० एआई चिप्सको प्रयोग गरिएको छ।

मस्कले आफ्नो सामाजिक सञ्जाल एक्समा सो बारे जानकारी दिएका छन्। उनले ग्रोकका लागि एक्सएआई टीम, एक्स टीम र एनभिडियालाई धन्यवाद पनि दिएका छन्।

मस्कले संसारकै सबैभन्दा शक्तिशाली एआईबाट सबैलाई फाइदा हुने बताएका छन्। उनले ग्रोक आगामी डिसेम्बरबाट सुरु हुने भन्दै अहिले उसको तालिम जारी रहेको बताए।  

प्रकाशित: ९ श्रावण २०८१ १०:४४ बुधबार

#elon musk #Artificial Inteligence #AI