अन्तर्राष्ट्रिय

केदारनाथ यात्रा मार्गमा पहिरो जादा ३ श्रद्धालुको मृत्यु, ८ घाइते

केदारनाथ यात्रा मार्गमा पहिरो जादा ३ जना श्रद्धालुको मृत्यु भएको छ।

बीबीसीका अनुसार आइतवार बिहान चिरबासा क्षेत्र अन्तर्गतको गौरीकुण्ड–केदारनाथ पदमार्गमा पहिरो जादा अन्य ८ जना घाइते भएका छन्। घाइते सबै जनालाई अस्पताल लगिएको छ।

समाचार संस्था पीटीआईले घटनाबारे थप विवरण आउन बाँकी रहेको स्थानीय प्रहरी प्रशासनले जनाएको छ।

दुर्घटना पछि उत्तराखन्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले आफ्नो एक्स ह्यान्डलमा केदारनाथ यात्राको क्रममा पहिरो गएको र ३ जनाको मृत्यु भएको घटनाबारे दुःख व्यक्त गरेका छन्।

प्रकाशित: ६ श्रावण २०८१ १२:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App