अन्तर्राष्ट्रिय

जेलमा झडप हुँदा ६८काे मृत्यु

तस्विर : एजेन्सी

कारागास - भेनेजुएलाको एक जेलमा भएको झडपमा ६८ जनाको मृत्यु भएको छ । भ्यालेन्सियास्थित जेलमा बुधबार कैदीबीच झडप भएको समाचार एजेन्सीहरुमा उल्लेख छ।

झडपका क्रममा केही कैदी भाग्ने प्रयास गर्दा सुरक्षाकर्मीले गोली प्रहार गरेको थियाे । सुरक्षाकर्मीको गोली प्रहारबाट कति र झडपबाट कतिको मृत्यु भयो भन्ने प्रष्ट भएको छैन । मृतक सबै कैदी हुन् या सुरक्षाकर्मी पनि छन् भन्ने प्रष्ट भइसकेकाे छैन ।

 घटनाबारे छानविन सुरु गरिएको अधिकारीहरुले बताएका छन्।समाचार एजेन्सीहरुका अनुसार ६० कैदीबन्दीको क्षमता भएको सो जेलमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएको थियो । जेलमा झडप भएको खबर प्रकाशमा आउनासाथ जेल बाहिर कैदीका आफन्तहरु जम्मा भएका थिए । प्रहरीले उनीहरुलाई हटाउनसमेत बल प्रयोग गरेको थियाे।

प्रकाशित: १५ चैत्र २०७४ ०६:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App