अन्तर्राष्ट्रिय

साइकल चलाएर बिदा भए नेदरल्यान्ड्सका निवर्तमान प्रधानमन्त्री

नेदरल्यान्ड्सका निवर्तमान प्रधानमन्त्री मार्क रुट साइकलमा बिदा भएका छन्।

प्रधानमन्त्रीबाट बिदा भएका मार्क हेगस्थित आफ्नो कार्यलयबाट साइकल चलाएर बिदा भएको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

६७ वर्षीय मार्कले प्रधानमन्त्री कार्यालय बाहिर नवनियुक्त प्रधानमन्त्रीसँग बिदा लिँदै साइकल चलाएर निस्किएको भिडियोमा देख्न सकिन्छ।

१४ वर्षे कार्यकाल सकिए पछि उनले नेदरल्यान्ड्सका पूर्व इन्टेलिजेन्स प्रमुख डिक सुफलाई प्रधानमन्त्रीको कमान सुम्पेका छन्।

सुफले राजा विलेम अलेक्जेन्डरको अध्यक्षतामा एक समारोहकाबीच शनिवार प्रधानमन्त्रीको पदभार ग्रहण गरेका छन्।

प्रकाशित: २३ असार २०८१ ११:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App