अन्तर्राष्ट्रिय

राम मन्दिरमा चुहिन थाल्यो पानी

भारत उत्तर प्रदेशको अयोध्यामा बनेको राम मन्दिरको छतबाट पानी चुहिन थालेको छ।

मन्दिरका मुख्य पुजारी सत्येन्द्र दासले पानी पर्न थालेपछि मन्दिरको छतबाट पानी चुहिन थालेको बताएका छन्।

उनले मन्दिरमा भगवान रामको मूर्ति स्थापित स्थानमै पानी चुहिने समस्या देखिएको भन्दै मन्दिर भित्र पनि पानी भरिन थालेको बताए।

मुख्य पुजारी दासले निर्माणमा भएको त्रुटीबारे तत्काल ध्यान दिएर मर्मतको काम सुरु गर्नुपर्ने पनि बताए।

उनले मन्दिरबाट पानीको निकासको बाटो नरहेका कारण समस्या समाधानका लागि तत्काल पहल नगरिए पूजापाठमा पनि समस्या हुने बताए।

यता, मन्दिर निर्माण समितिका अध्यक्ष नृपेन्द्र मिश्राले मन्दिरको गुरु मण्डप दोस्रो तल्लाको रुपमा आकाशको सम्पर्कमा रहेको हुँदा त्यो पूरा हुनासाथ यो समस्या समाधान हुने बताएका छन्।

साथै उनले गर्भगृहमा पानीको निकासी नरहेको भन्दै मन्डपमा पानीको निकासीका लागि ढलानलाई ध्यानमा राखेर समस्या समाधान गरिने बताए।

उनले मन्दिर निर्माणको काम पूरा हुनासाथ सबै समस्या समाधान हुने दावी समेत गरे।

प्रकाशित: ११ असार २०८१ १२:५४ मंगलबार

#india #uttarpradesh #ayodhya #ram mandir #water leakage