अन्तर्राष्ट्रिय

विषाक्त मदिरा सेवन गरेपछि ३० जनाको मृत्यु

भारतको तमिलनाडु राज्यमा विषाक्त मदिरा सेवनका कारण ३० जनाको मृत्यु भएको छ।

भारतीय सञ्चार माध्यमहरूका अनुसार तमिलनाडुको कल्लाकुरिची जिल्लामा विषाक्त मदिरा सेवनका कारण अन्य एकसय जनाभन्दा बढी बिरामी भएका छन्।

जिल्लाका प्रमुख अधिकारी एमएस प्रशान्तले मृत्यु हुनेको सङ्ख्या थप बढ्न सक्ने भन्दै बिरामीहरूको पचार स्थानीय मेडिकल कलेजमा भइरहेको बताए।

विषाक्त मदिरा बिक्री गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ समेत गरेको छ।

तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिनले मृतकप्रति दुः ख व्यक्त गर्दै घटनाबारे छानबिन गर्न आदेश दिएका छन्।

प्रकाशित: ६ असार २०८१ १३:०४ बिहीबार

#india #tamilnadu #toxic liquor #30 died