अन्तर्राष्ट्रिय

इजराइलले हमासलाई पठायो शान्ति प्रस्ताव, होला त युद्ध अन्त्य ?

इजराइलले हमासलाई शान्ति प्रस्ताव पठाएको छ। गाजामा पछिल्लो ८ महिनादेखि जारी युद्ध अन्त्यका लागि इजराइलले हमासलाई शान्ति प्रस्ताव पठाएको हो।

समाचार संस्था अलजजिराका अनुसार अमेरिकी राष्ट्रपति जो बाइडनले कतारको माध्यमबाट उक्त शान्ति प्रस्ताव हमासलाई पठाइएको बताए।

उनले शान्ति प्रस्तावमा युद्धविराम, इजराइली बन्धकलाई रिहा र गाजाको बस्ती क्षेत्रको पुर्ननिर्माण जस्ता विषय रहेको जानकारी दिए।

शनिवार ह्वाइट हाउसमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले शान्ति चाहने प्रत्येकलाई आवाज उठाउनु पर्छ भन्दै युद्ध अन्त्य गर्ने समय आएको बताए।

उनले यस शान्ति प्रस्तावको पहिलो चरणमा ६ हप्ताको सिजफायर समावेश गरिएको छ। यस अवधिमा हमास र इजराइलले अक्टुरमा सुरु भएको युद्ध अन्त्यको विषयमा छलफल गर्नेछन्।

यसअघि हमासले इजराइलले पठाएको शान्ति प्रस्ताव इजराइलले अस्विकार गरिदिएको थियो। हमासको प्रस्तावमा इजराइली सैनिकलाई तत्काल गाजा छाडेमा बन्धकलाई रिहा गर्ने विषय समेटिएको थियो।

पछिल्लो समय गाजाबाट युद्धका कारण रफाहमा शरण लिएर बसेकाहरूमाथि इजराइलले आक्रमण सुरु गरेपछि अमेरिका युद्ध अन्त्यका लागि आफै सक्रिय भएर अघि बढेको छ।

प्रकाशित: २० जेष्ठ २०८१ १३:२७ आइतबार

#isrel #humas #gaza #war #peace_proposal #joe_biden