अन्तर्राष्ट्रिय

झण्डै पाँचलाख रुसी सैनिक मारेको युक्रेनको दाबी

आफ्नो भूमिमा आक्रमण गर्न आएका झण्डै पाँचलाख रुसी सैनिक मारिएको युक्रेनले दाबी गरेको छ । रुसले २७ महिनाअघि (२४ फेब्रुअरी २०२२) मा पहिलोपटक युक्रेनमा सैन्य हमला गरेको थियो। त्यसयता चलेको युद्धमा बुधबार बिहानसम्म ४ लाख ९७ हजार ६७० जना रुसी सैनिक मारिएको युक्रेनले दाबी गरेको हो।

जसमध्ये पछिल्लो २४ घण्टामा मात्रै एक हजार ३०० रुसी सैनिक मारिएको तथ्यांक छ। यस दौरानमा युक्रेनी सेनाले रुसका ३५४ सैन्य विमान, ३२६ हेलिकप्टर, ७ हजार ६१७ ट्यांक, १४ हजार ७४३ सैनिक गाडी, १२ हजार ८६१ तोप, १७ हजार ५०१ वटा सवारी साधान र इन्धन बोक्ने ट्यांकर, एकहजार  मल्टिपल रकेल लन्चर ध्वस्त गरेको दाबी गरेको छ।

यस्तै २७ वटा युद्धक पानीजहाज (वारसीप), एक पनडुब्बी (सबमरिन), ८१३ वटा एयर डिफेन्स सिस्टम, १० हजार ४०२ मानवरहित विमान (ड्रोन), दुई हजार ९५ स्पेशल इक्विपमेन्ट पनि ध्वस्त गरेको युक्रेनको दाबी छ। 

यस्तै रुसले युक्रेनी भूमिमा प्रहार गरेका दुईहजार २०९ वटा क्रुज मिसाइल पनि आकाशमै नष्ट गरेको युक्रेनले दाबी गरेको छ।

प्रकाशित: ९ जेष्ठ २०८१ १४:५९ बुधबार

#Russian soldier #five lakh #ukraine