अन्तर्राष्ट्रिय

चिनियाँ उत्पादनमाथि शतप्रतिशत कर लगाउने अमेरिकाको निर्णय

अमेरिकाले चिनिया उत्पादनमाथि चार गुणासम्म कर बढाउने निर्णय गरेको छ। अमेरिकी राष्ट्रपति जो बाइडनले चीनले बनाएको विद्युतीय गाडी, सोलार प्यानल, स्टील र अन्य उत्पादनमाथि चार गुणाले कर बढाएको बताए।

बीबीसीका अनुसार व्हाइट हाउसले जारी गरेको वक्तव्यमा चीनको विद्युतीय कारमा शतप्रतिशत कर बढाइएको उल्लेख गरिएको छ।

चीनको अनुचित नीतिको जवाफ र अमेरिकामा रोजगारीलाई सुरक्षित राख्ने उदेश्यका साथ यो निर्णय गरिएको व्हाइट हाउसले जनाएको छ।

चीनले भने अमेरिकाको उक्त निर्णयको विरोध गर्दै चाडै यसको जवाफी कारबाही गर्ने चेतावनी दिएको छ।

प्रकाशित: २ जेष्ठ २०८१ १०:३६ बुधबार

#joe_biden #america #vat #traffic #china #electronic_car