अन्तर्राष्ट्रिय

इजराइललाई पठाउने बमको खेपमाथि अमेरिकाले लगायो रोक

अमेरिकाले इजराइल पठाउने बमको खेपमा रोक लगाएको छ। इजराइलले रफाहमाथि आक्रमण सुरु गरेसँगै अमेरिकाले पठाउने भनेको बमको खेपमा रोक लगाएको बीबीसीले जनाएको छ।

बाइडन प्रशासनका एक अधिकारीका अनुसार एक खेपमा १८ सय बम ९०७ किलोग्रामका र १७०० बम करिब २२० किलोग्रामका थिए।

इजराइलले गाजाको दक्षिणी क्षेत्र रफाहमाथि आक्रमण सुरु गर्ने भन्दै त्यहाँका नागरिकलाई अन्तै जान भनेको छ। इजराइली चेतावनी पछि करिब १ लाखभन्दा बढी मानिसले रफाह छाडिसकेका छन्।

अमेरिकाले पटकपटक रफाहमा शरण लिएर बसिरहेका नागरिकलाई जबसम्म सुरक्षित हटाउने योजना बन्दैन तबसम्म त्यहाँ आक्रमण नगर्न चेतावनी दिँदै आएको थियो। तर, इजराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले हमासको अन्त्य नभएसम्म आक्रमण रोक्ने बताउँदै आएका छन्।

अमेरिकी सहयोग रोकिएपछि अब इजराइलले युद्धलाई कसरी अघि बढाउँछ भन्ने हेर्न बाँकी छ।

प्रकाशित: २६ वैशाख २०८१ १२:२८ बुधबार

#joe_biden #america #isrel #benjamin_netnyahu #gaza #rafah