अन्तर्राष्ट्रिय

१६ देशलाई डब्लुएचओको चेतावनी

जेनेभा – विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले अफ्रिकी १६ देशलाई मंगलबार ‘लिष्टेरिओसिस’को प्रकोप बढ्न सक्ने भन्दै चेतावनी दिएको छ। 

सन् २०१७ मा फैलिएको ‘लिष्टेरिओसिस’को प्रकोपबाट धेरै जनाको मृत्यु भएपछि डब्लुएचओले यस्तो चेतावनी दिएको हो। 

त्यस्ता अफ्रिकी देशहरुमा एङगोला, बोटस्वाना, लोकतान्त्रीक गणतन्त्र कंगो, घाना, लेसोथो, माडागास्कार, मालावी, मौरिसस, मोजाम्बीक, नामिविया, नाइजेरिया, स्विजरल्याण्ड, तान्जेनिया, युगान्डा, जाम्बीया र जिम्बाबे रहेका छन्। 

सन् २०१७ को जनवरी सम्ममा दक्षिणी अफ्रिकामा यस प्रकोपमा परी झण्डै दुर्ई सय जनाको मृत्यु भएको डब्लुएचओका सदस्यहरूले जनाएका छन्। 

यो मासुजन्य रोग हो । एकै स्थानमा उत्पादन भएको मासु र मासुजन्य पदार्थ धेरै ठाउँ वा देशमा पु¥याउँदा हुनसक्ने प्रदूषणका कारण यो रोग देखापर्दछ ।

प्रकाशित: ७ चैत्र २०७४ १०:४३ बुधबार