अन्तर्राष्ट्रिय

जब रोबोट सोफिया बोलिन् (भिडियो)

काठमाडौं-रोबोट सोफिया काठमाडौं आएकी छन्। संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमले आयोजना गरेको  कार्यक्रममा सहभागी हुन नेपाल आएकी उनले बुधबार आफ्नो प्रस्तुती समेत दिइन्। कार्यक्रम पछि पनि उनले दर्शकहरूसँग कुरा गरेकी थिइन्। सोफियासँग तस्बिर खिच्नेको समेत भीड लागेको थियो।

विज्ञान तथा प्रविधिको विकासले देश विकासमा पुर्‍याउने भूमिकाबारे उनले बोलेकी थिइन्।
हङकङको ह्यान्सन कम्पनीले बनाएको उक्त रोबोटलाई साउदी अरेबियाले नागरिकता प्रदान गरेको थियो। कुनै पनि देशको नागरिक बन्ने उनको चाहनालाई साउदी अरेबियाले केही समय अगाडिमात्रै पूरा गरेको थियो। मानवीय क्षमतासहित निर्माण गरिएको उक्त रोबोटमा मानवीय चेतनाको भने अभाव छ।

तस्बिर/भिडियो : केशव थोकर

 

प्रकाशित: ७ चैत्र २०७४ १०:१७ बुधबार