अन्तर्राष्ट्रिय

श्रीलङ्कामा घट्दै जन्मदर, बढ्दै मृत्युदर

श्रीलङ्कामा जन्मदर निरन्तर घट्न थालेको छ। श्रीलङ्काको रजिस्ट्रार जनरल विभागका अनुसारसन् २०२० देखि वार्षिक जन्मदरमा उल्लेखनीय गिरावट आएको र वार्षिक मृत्युदर बढेको छ।

विभागका वरिष्ठ डेपुटी रजिस्ट्रार जनरल, महान्यायाधिवक्ता लक्षिका गणपोलाले सन् २०२० अघि वार्षिक जन्मदर तीन लाख २५ हजार रहेको तर हाल सन् २०२३ मा घटेर दुई लाख ८० हजार पुगेको जानकारी दिए।

उनले वार्षिक मृत्यु बढेर एक लाख ८० हजार पुगेको बताए। सन् २०२० अघि यो सङ्ख्या एक लाख ४० हजार थियो। यो प्रवृत्तिले श्रीलङ्काको जनसङ्ख्या वृद्धिमा प्रतिकूल असर पार्ने उनले बताए। रासस

प्रकाशित: १८ वैशाख २०८१ १०:३९ मंगलबार

श्रीलङ्का जन्मदर निरन्तर घट्न थालेको वार्षिक मृत्युदर बढेको महान्यायाधिवक्ता लक्षिका गणपोला