अन्तर्राष्ट्रिय

श्रीमतिविरुद्ध जाँच सुरु भएपछि स्पेनिस प्रधानमन्त्रीले रोके आफ्ना कामकारबाही

स्पेनका प्रधानमन्त्री पेद्रो साञ्चेजले श्रीमतिविरुद्धको प्रारम्भिक जाँच  सुरु भएपछि आफ्नो कामकारबाही रोकेका छन्।

बीबीसीका अनुसार स्पेनको एक अदालतले प्रधानमन्त्री साञ्चेजको श्रीमति बेगोना गोमेजविरुद्ध भ्रष्टाचारसम्बन्धी जाँच सुरु गरेको छ। श्रीमतिविरुद्ध जाँच नसकेसम्म आफू पदमा रहने वा छोड्ने त्यसबारेमा सोचविचार गर्ने र जाँच अवधिभर सार्वजनिक कामकारही नगर्ने उनले बताएका छन्।

गोमेजविरुद्ध भ्रष्टाचार विरोधी अभियन्ता मानोस लिम्पियासले उजुरी दिएपछि अदालतले कारबाही सुरु गरेको हो।

स्पेनका प्रधानमन्त्री साञ्चेजले आफ्नो भविष्यलाई लिएर गरेको निर्णय २९ मेसम्म सार्वजनिक गर्ने पनि बताएका छन्।

प्रकाशित: १३ वैशाख २०८१ १०:५० बिहीबार