अन्तर्राष्ट्रिय

हिजबुल्लाहका आधाभन्दा बढी कमान्डरलाई मारेको इजराइलको दावी

इजराइलले दक्षिणी लेबनानमा सक्रिय हिजबुल्लाहका आधाभन्दा बढी कमान्डरलाई मारेको दावी गरेको छ।

इजराइलका रक्षा मन्त्री योआव ग्यालेन्टले हिजबुल्लाहका बाँकी कमान्डर लुकेर बसिरहेको र उनीहरूमाथि पनि चाँडै आक्रमण गर्ने बताए।

बीबीसीका अनुसार इजराइली सेनाले बुधवार दक्षिणी लेबनानमा हिजबुल्लाहसँग सम्बन्धित ४० स्थानमा आक्रमण गरेको दावी गरेका छन्।

मङ्गलवार इजराइली हवाई आक्रमणमा २ जना लेबनानी नागरिकको मृत्यु भएपछि  हिजबुल्लाहले इजराइलमाथि रकेटले आक्रमण गरेको थियो। जसको जवाफी कारबाही इजराइलले गरेको बताइएको छ।

गत अक्टुबलमा गाजा र इजराइलबीच युद्ध सुरु भएदेखि नै हिजबुल्लाह र इजराइली सेनाबीच झडप हुँदै आएको छ।

प्रकाशित: १३ वैशाख २०८१ ०७:२६ बिहीबार

इजराइल दक्षिणी लेबनान हिजबुल्लाह कमान्डर इजराइलका रक्षा मन्त्री योआव ग्यालेन्ट