अन्तर्राष्ट्रिय

यूक्रेन र इजराइलका लागि अर्बौको राहत प्याकेज अमेरिकी संसदबाट पारित

अमेरिकाको हाउस अफ रिप्रेजेन्टेटिभ्समा यूक्रेनको सहयोगका लागि ६१ अर्ब डलरको राहत प्याकेजसम्बन्धी प्रस्ताव पारित भएको छ।

बीबीसीका अनुसार यूक्रेनको मद्दतसँग सम्बन्धित उक्त प्रस्तावको पक्षमा ३११ मत खसे भने ११२ मत विपक्षमा खसे।

पारित भएको उक्त प्रस्ताव अब अमेरिकी सीनेटमा लगिने छ। आगामी केही दिनमा सिनेटबाट पनि उक्त प्रस्ताव पारित हुने अपेक्षा गरिएको छ।

सीनेटबाट पारित भएपछि अमेरिकी राष्ट्रपति जो बाइडनले हस्ताक्षर गर्दै त्यसलाई कानूनी मान्यता दिनेछन्।

उक्त प्रस्तावमा इजराइललाई पनि झन्डै २६ बिलियन डलरको सैन्य सहयोग दिइएको छ।

प्रकाशित: ९ वैशाख २०८१ ०८:५८ आइतबार

अमेरिका हाउस अफ रिप्रेजेन्टेटिभ्स यूक्रेन ६१ अर्ब डलर राहत प्याकेज