अन्तर्राष्ट्रिय

इजराइलले सुरु गर्‍यो ईरानमाथि जवाफी कारबाही

इजराइलले ईरानमाथि जवाफी कारबाही सुरु गरेको छ। आईतवार ईरानले इजराइलमाथि आक्रमण गरेपछि त्यसको जवाफी कारबाही गर्ने इजराइलले चेतावनी दिएको थियो। सोही चेतावनीलाई इजराइलले कार्यान्वयन गर्दै ईरानको विभिन्न सहरमाथि आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सीएनएनले जनाएको छ।

ईरानको इसाफहान सहरस्थित एयरपोर्ट नजिकै विस्फोटको आवाज सुनिएको छ। जसका कारण विभिन्न उडानको रुट परिवर्तन गरिएको छ भने कतिपय उडान रद्द गरिएका छन्।

साथै ईरानको विभिन्न परमाणु प्लान्टमाथि पनि मिसाइल आक्रमण भएको ईरानको सरकारी समाचार संस्था इरनाले दावी गरेको छ।

इसाफहानमा ईरानको सबैभन्दा ठूलो युरेनियम कार्यक्रम सञ्चालनमा रहेको छ।

इजराइली आक्रमण पछि ईरानको रक्षा मन्त्रालयले विभिन्न राज्यमा हवाई सेनालाई तैनात गरेको छ।

प्रकाशित: ७ वैशाख २०८१ ०८:२८ शुक्रबार

इजराइल ईरान जवाफी कारबाही आक्रमण