अन्तर्राष्ट्रिय

युक्रेनको चेर्निहिभमा रुसकाे मिसाइल हमला : १७ जनाको मृत्यु

युक्रेनको व्यस्त डाउनटाउन चेर्निहिभमा बुधबार तीनवटा रूसी मिसाइल प्रहार भएपछि किभ र मस्कोबीच चलिरहेको द्वन्द्वमा कम्तिमा १७ जनाको मृत्यु भएको छ। हमलामा अन्य धेरै घाइते भएका छन्।

युक्रेनको अभियोजक जनरलको कार्यालयले मृतकको सङ्ख्या बढ्न सक्ने बताएको छ। उसले ६१ जना घाइते भएको जानकारी दिएकाे छ। युक्रेन राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले हवाई रक्षाको कमी भएकाे बताएका छन्।

युक्रेनले पर्याप्त हवाई रक्षा उपकरणहरूका लागि विश्वको दृढताबमोजिम पर्याप्तता नभएकाले रूसी आतंकको सामना गर्न नसकिएको जेलेन्स्कीलाई उद्धृत गर्दै न्युयोर्क टाइम्सले जनाएको छ।

टाइम्सका अनुसार उद्धारकर्मीहरूले अझै पनि भग्नावशेषमा पीडितहरूको खोजी गरिरहेको बताउँदै उनले युक्रेनलाई तत्काल हवाई रक्षा प्रणाली र गोलाबारुद चाहिने भएकाे बताएका थिए।

युद्धको सुरुमा रुसी सेनाले चेर्निहिभलाई घेरी आक्रमण गरेपछि यसले यहाँ ठुलो विनाश गराएकाे छ। आकाशमा मिसाइलहरू उडिरहँदा, रुस र युक्रेनबिचको भीषण लडाइँ जारी छ।

प्रकाशित: ६ वैशाख २०८१ १९:०७ बिहीबार