अन्तर्राष्ट्रिय

बच्चालाई खुवाइने सेरेलेकमा चिनीको मात्रा अत्यधिक पाइएको दावी

बच्चाहरूका लागि प्रयोग हुने नेस्लेको सेरेलेक र दूधको धूलोमा चिनीको मात्रा बढी पाइएको एक अध्ययन रिपोर्टमा दावी गरिएको छ। यी दुई खाद्य पदार्थको सेवनले बच्चाहरूमा मोटोपनको समस्या बढ्न थालेको पनि रिपोर्टमा भनिएको छ।

बीबीसीका अनुसार स्वीडेनको पब्लिक आई नामक संस्था र अन्तर्राष्ट्रिय बेबी फूड एक्शन नेटवर्कको रिपोर्टमा कम आय भएको देशमा बिक्री हुने नेस्लेको बच्चा सम्बन्धी २ उत्पादन सेरेलक र दूधको दूलोमा चिनीको मात्रा अत्यधिक पाइएको दावी गरिएको हो।

पब्लिक आई र अन्तर्राष्ट्रिय बेबी फूड एक्शन नेटवर्कले नेस्लेको एशिया, अफ्रीका र ल्याटिन अमेरिकामा बिक्री हुने ती खाद्य पदार्थ बेल्जियमको प्रयोगशालामा जाँचका लागि पठाएको थियो।

पब्लिक आईको रिपोर्ट अनुसार सेरेलकको एक गाँसमा औसत ४ ग्राम चिनी हुन्छ र यसले ६ महिनाको उमेरमै बच्चालाई दिने गरिन्छ। भारतमा बिक्री हुने सेरेलकको एक गासमा ३ ग्राम चिनी पाइएको रिपोर्टमा भनिएको छ।

भारतमा पाइने सेरेलेक र दूधको धुलो नेपालमा पनि आयात हुने भएकाले त्यसको जोखिम नेपालका बच्चाहरूमा जोखिम देखिएको छ।

बच्चाहरूको खाद्य पदार्थको बजारको २० प्रतिशत भाग नेस्लेले कब्जा गरेको छ र कम्पनीको मूल्याङ्कन ७० बिलियन डलर ९ अर्थात् नेपाली खर्ब ३४ अर्ब ३५ करोड ४४ लाख रुपैयाँ रहेको छ।

गरीब मुलुकहरूमा नेस्लेको सेरेलक र दूधको धुलो सबैभन्दा धेरै बिक्री हुने बेबी फूड प्रोडक्ट हो।

विश्व स्वास्थ्य सङ्गठनले कम उमेरमा चिनीको सेवन गर्नाले मोटोपना जस्ता समस्या बढ्ने र त्यसले विभिन्न रोग निम्त्याउने हुन्छ।  

प्रकाशित: ६ वैशाख २०८१ १३:५२ बिहीबार

सेरेलेक र दूधको धूलो बच्चाहरूका लागि प्रयोग हुने सेरेलेक चिनीको मात्रा बढी अन्तर्राष्ट्रिय बेबी फूड एक्शन नेटवर्क