अन्तर्राष्ट्रिय

अब कानूनी रुपमै लिङ्ग परिवर्तन गर्न पाइने

स्वीडेनमा लिङ्ग परिवर्तन सहज हुने भएको छ। स्वीडेनको संसदले बुधवार लिङ्ग परिवर्तन गर्न पाउने सम्बन्धी कानून पारित गरेको हो।

कानून अनुसार अब १६ वर्षमै लिङ्ग परिवर्तन गर्न पाउने छन्। तर, त्यसका लागि अभिभावक, डाक्टर र नेशनल बोर्ड अफ हेल्थ एन्ड वेलफेरसँग अनुमति लिनु पर्नेछ।

६ घन्टा लामो बहस पछि २३४ जना सांसदले उक्त कानूनको पक्षमा मतदान गरेका थिए भने ९४ जनाले विपक्षमा मतदान गरेका थिए। २४ जना सांसद भने अनुपस्थित थिए।

यसअघि डेनमार्क, नर्वे, फिनल्यान्ड र स्पेनमा लिङ्ग परिवर्तन सम्बन्धी कानून लागू भइसकेको छ भने जर्मनीले गत शुक्रवार यस्तै मिल्दोजुल्दो कानून पारित गरेको छ।

प्रकाशित: ६ वैशाख २०८१ १०:१९ बिहीबार

स्वीडेन लिङ्ग परिवर्तन कानून पारित अब १६ वर्षमै लिङ्ग परिवर्तन