अन्तर्राष्ट्रिय

म्यान्मारकी नेत्री सु कीलाई अब घरमै नजरबन्द राखिने

म्यान्मारकी प्रजातन्त्रवादी नेतृ आङ सान सु कीलाई घरमै नजरबन्द राखिने भएको छ। जुन्ता सरकारले कैदीहरूलाई लुको लहरबाट बचाउने कदम चालेको घोषणा गरेसँगै कारागारमा रहेकी म्यान्माकी प्रजातन्त्रवादी नेत्री सु कीलाई कारागारबाट घरमा नजरबन्द गरिएको हो।

भ्रष्टाचारदेखि कोभिड–१९ नियमहरूको उल्लङ्घनसम्म धेरै आपराधिक अभियोगमा ७८ वर्षीय नोबेल पुरस्कार विजेता सु कीले २७ वर्षको कारागार सजाय काटिरहेकी छिन्।

सन् २०२१ को सैन्य विद्रोहमा सत्ता कब्जा गरेर सेनाले हिरासतमा लिएपछि सु कीलाई नजरबाट लुकाइएको थियो।

नाम उल्लेख नगर्ने शर्तमा एक सैन्य अधिकारीले सु की र पूर्वराष्ट्रपति विन मिन्टलाई कारागारबाट सारेर घरमा नजरबन्द गरिएको बताए।

मुलुकको नयाँ वर्षको उत्सव मनाउन नियमित आममाफीको एक भागका रूपमा तीन हजार तीन सय केदीलाई रिहा गरिने जुन्ता सरकारले घोषणा गरेको छ। रासस

प्रकाशित: ६ वैशाख २०८१ ०७:३७ बिहीबार

म्यान्मार प्रजातन्त्रवादी नेतृ आङ सान सु की घरमै नजरबन्द जुन्ता सरकार