अन्तर्राष्ट्रिय

गाजाको शरणार्थी शिविरमा आक्रमणः १३ को मृत्यु, २५ भन्दा बढी घाइते

मध्य गाजाको अल–मघाजी शरणार्थी शिविरमा आक्रमणमा हुँदा १३ जनाको मृत्यु भएको छ। मङ्गलबार भएको उक्त आक्रमणमा परी सात बालबालिकासहित १३ जनाको मृत्यु भएको र, अन्य २५ जनाभन्दा बढी घाइते भएको छन्।

अल–अक्सा शहीद अस्पतालका अनुसार शिविरमा बस्ने एकजना ओवेदातल्लाह नाम गरेका व्यक्तिले आफ्नो  शिविरबाट ३०–४० मिटर टाढा विस्फोट भएको बताउदै आक्रमण पछि भुइँमा फ्याँकिएको शव फेला पारेको तथा मानिसहरू चिच्याइरहेको बताएका छन्।

अल–अक्सा शहीद अस्पतालबाट खिचिएको फुटेजमा इमरजेन्सी कक्ष हताहत र घाइते व्यक्तिहरूलले भरिएकोे देख्न सकिन्छ।  

इजरायल र हमासबिच गत अक्टुबरमा युद्ध सुरु भएदेखि गाजामा दश हजार भन्दा बढी महिला मारिएका छन् भने १३ हजारभन्दा बढी बालबालिकाका मारिएका छन्। रासस

प्रकाशित: ५ वैशाख २०८१ १३:०१ बुधबार

मध्य गाजा शरणार्थी शिविर अल–अक्सा शहीद अस्पताल १३ जनाको मृत्यु