अन्तर्राष्ट्रिय

९० देशका प्रयोगकर्तालाई एप्पलको चेतावनी

विश्व प्रसिद्ध प्रविधि कम्पनी एप्पलले ९० देशका आफ्ना प्रयोगकर्तालाई चेतावनी दिएको छ।

कम्पनीले विश्वका विभिन्न ९० देशका एप्पल प्रयोगकर्ता कुनैपनि समय ‘मर्सिनरी स्पाइवेयर आक्रमण’ को शिकार बन्न सक्ने बताएको छ।

‘मर्सिनरी स्पाइवेयर आक्रमण’ नियमित साइबर आपराधिक आक्रमणभन्दा फरक हुने गर्छ र हालसम्म योसँग सम्बन्धित केही घटना मात्रै सार्वजनिक भएका छन्।

कम्पनीलाई हालसालै मात्रै यस विषयमा जानकारी प्राप्त भएको छ। जानकारी पाउनासाथ कम्पनीले ईमेलको मार्फत् आफ्ना प्रयोगकर्तालाई यसबारेमा चेतावनी दिएको हो।

तर, हालसम्म कम्पनीले विश्वका ९० देशको सूची भने सार्वजनिक गरेको छैन।

के हो मर्सिनरी स्पाइवेयर आक्रमण?

यो एक प्रकारको जटिल साइवर आक्रमण हो। यसमा व्यक्ति विशेषलाई लक्षित गरेर आक्रमण गर्दै उसका सबै महत्त्वपूर्ण जानकारीहरू लिने र नष्ट गरिदिने हुन्छ। यो नियमित साइवर आक्रमणभन्दा फरक हुने र थोरै समयमा यसले काम गर्ने भएकाले यसलाई रोक्न निकै कठिन हुन्छ। उपभोक्ताले राखेको विभिन्न एन्टिभाइरसविरुद्धको सफ्टवेयरलाई तोड्दै आक्रमण गरिने हुँदा यसलाई पत्ता लगाउन पनि कठिन हुने गर्छ।

प्रकाशित: ३० चैत्र २०८० ०८:१८ शुक्रबार

विश्व प्रसिद्ध प्रविधि कम्पनी एप्पल एप्पल विश्वका ९० देश प्रयोगकर्तालाई चेतावनी मर्सिनरी स्पाइवेयर आक्रमण