अन्तर्राष्ट्रिय

जिप दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु

भारतको उत्तराखण्डमा जिप दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु भएको छ। उत्तराखण्डस्थित नैनीतालमा यात्रुबाहक जिप बेतालघाट क्षेत्रमा दुर्घटना हुँदा ३ जना घाइते भएका छन्।

भारतीय सञ्चार माध्यमहरूका अनुसार जिप सडकबाट करिब ३ सय मिटर तल खसेको थियो।

प्रहरीका अनुसार जिपमा ११ जना सवार थिए। घाइते तीनै जनालाई अस्पताल भर्ना गरिएको छ।

प्रकाशित: २७ चैत्र २०८० ०९:५८ मंगलबार

भारत उत्तराखण्ड जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु