अन्तर्राष्ट्रिय

भारतका विभिन्न राज्यमा हिटवेब, कर्नाटक र बङ्गालमा चल्न थाल्यो लू

भारतका विभिन्न राज्यमा हिटवेब अर्थात् तातो हावा चल्न थालेको छ। भारतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आन्ध्रप्रदेश, मध्यप्रदेशमा ५० डिग्री तापक्रम मापन गरिएको छ। जसका कारण तातो हावा चल्न थालेको छ।

महाशाखाले भारतको कर्नाटक, ओडिशा र पश्चिम बङ्गालमा लू चल्न थालेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।

महाशाखाले बुधवार भारतका विभिन्न भागमा मौसम बदली भई ४ अप्रिलदेखि तातो हावा चल्ने, लू लाग्ने, वर्षा हुने र हिमाली भेगमा हिमपात हुने पूर्व सूचना दिएको थियो।

महाशाखाले भारतको राजधानी दिल्लीमा वर्षा हुने बताएको छ भने दक्षिणी तमिलनाडु, पश्चिम बङ्गालको केही भाग र सिक्मिमा पनि वर्षाको सम्भावना रहेको बताएको छ। साथै ओडिशा, केरला र पश्चिम बङ्गालमा रातिको मौसम निकै तातो हुन सक्ने भएकाले बाहिर नकिस्नकन पनि आग्रह गरेको छ।

भारतमा बर्सेनि लू र गर्मीका कारण २ हजारभन्दा बढी मानिसले ज्यान गुमाउने गरेका छन्।

प्रकाशित: २२ चैत्र २०८० ११:१३ बिहीबार

भारत हिटवेब मौसम पूर्वानुमान महाशाखा आन्ध्रप्रदेश