अन्तर्राष्ट्रिय

ताइवान भूकम्पः १ को मृत्यु, २५ घाइते, जापान र फिलिपिन्समा सुनामीको चेतावनी

ताइवानमा आज बिहान आएको भूकम्पका कारण जापानकोयोनागुई द्वीपमा सुनामी आएको छ। ताइवानको राजधानी ताइपेमा आज बिहान ७.४ म्याग्निच्यूडको भूकम्प गएको छ। 

भूकम्पमा १ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्। यो सङ्ख्या विस्तारै बढ्न सक्ने त्यहाँका अधिकारीहरूले बताएका छन्।

ताइवानमा गएको भूकम्पको झड्का जापान, चीन, फिलिपिन्स लगायतका मुलुकमा पनि महसुस गरिएको छ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार ताइवानमा गएको भूकम्पका कारण जापानको दुई राज्यमा सुनामी गएको छ। साथै अन्य राज्यमा ३ मिटरसम्म लामो सुनामीको छाल आउन सक्ने चेतावनी दिइएको छ।

जापान सरकारका अनुसार योनागुई द्वीपमा एक फिट लामो सुनामी गएको छ। साथै ओकिनावा प्रान्तमा सुनामीको चेतावनी जारी गरिएको छ।

यस्तै फिलिपिन्समा पनि सुनामीको चेतावनी जारी गरिएको छ।

समाचार संस्था एएफपीका अनुसार ताइवानमा आएको भूकम्प पछि बाद तटीय क्षेत्र खाली गर्न आदेश जारी गरिएको छ।

प्रकाशित: २१ चैत्र २०८० १०:०१ बुधबार

ताइवान भूकम्प जापान ताइपे १ जनाको मृत्यु