अन्तर्राष्ट्रिय

केजरीवाललाई १५ दिन हिरासतमा राख्न अदालतको आदेश

भारतको अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई थप १५ दिनसम्म हिरासतमा राख्न आदेश दिएको छ।

रक्सी नीतिमा अनियमितता गरेको आरोपमा पक्राउ परेका मुख्यमन्त्री केजरीवाललाई राउज एभेन्यू कोर्टले १५ अप्रिलसम्म हिरासतमा राख्न आदेश दिएको हो।

यसअघि उनी प्रवर्तन निर्देशनालय (ईडी) को हिरासतमा थिए।

ईडीको हिरासतमा रहँदा मुख्यमन्त्री केजरीवालले सोधपुछको क्रममा सहयोग नगरेको बताइएको छ।

केजरीवाललाई दिल्ली सरकारको रक्सी नीतिसँग सम्बन्धित मनि लन्डरिङ्ग मामिलामा गत मार्च २१ म ईडीले उनकै निवासबाट पक्राउ गरेको थियो।

प्रकाशित: १९ चैत्र २०८० १३:०१ सोमबार

भारत दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल १५ दिनसम्म हिरासत राउज एभेन्यू कोर्ट प्रवर्तन निर्देशनालय